Sagun Khabar
बैतडीमा तीन महिने मोबाइल मर्मत तालिम सञ्चालन हुने 

बैतडी –बैतडीमा तीन महिने मोबाइल मर्मत तालिम सञ्चालन हुने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय बैतडीले दलित समुदायका व्यक्तिहरुलाई लक्षित गरेर मोबाइल मर्मत तालिम सञ्चालन गर्न लागेको हो । 

कार्यालयको चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार भगत सर्वजीत सीप प्रवद्र्धन कार्यक्रम मार्फत उद्यमी सिर्जना र सीप प्रवद्र्धन गर्ने उद्देश्यले तालिमको आयोजना गर्न लागिएको कार्यालय प्रमुख अम्बादत्त जोशीले बताए । 

दलित समुदायका व्यक्तिहरुमा रोजगारी सिर्जनाका लागि तालिमको आयोजना गर्न लागिएको हो । तालिममा इच्छुक व्यक्तिहरुले फागुन १७ गतेसम्म घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन पेश गरिसक्नुपर्ने कार्यालयका सूचना अधिकारी लक्ष्मण साउँदले बताए ।  

mobile1675496182.jpg

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update