Sagun Khabar
माध्यमिक शिक्षक युनियन बैतडीको अध्यक्षमा भट्ट 

बैतडी –माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)बैतडीको अध्यक्षमा प्रेमराज भट्ट चयन भएका छन् । शनिबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशनले भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

समितिको महिला उपाध्यक्षमा देवकी जोशी, खुला उपाध्यक्षमा जयराज भट्ट (कपाडी), सचिवमा दिपेन्द्रसिंह चाड, सहसचिवमा कविराज भट्ट र कोषाध्यक्षमा माधवसिंह घरडी चयन भएका छन् । 

यस्तै सदस्यहरुमा महादेव ओझा, दिपेन्द्र पन्त, पूर्णबहादुर बोहरा, कृष्णदत्त पन्त र गायत्री पाण्डेय चयन भएका छन् । 
 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १०:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update