Sagun Khabar
प्रेस चौतारी स्थापना दिवसको अवसरमा खाद्यान्न सामग्री हस्तान्तरण 

बैतडी –बैतडीमा प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस मनाइएको छ । दिवसको अवसरमा गास,बास र कपासको समस्या झेलीरहेका दशरथचन्द नगरपालिका वडा नं ८ सिमललेका  गोपालराम महरको परिवारलाई खाद्यान्न र केही लत्ता कपडा वितरण गरिएको हो । 

प्रेस चौतारी नेपाल स्थापना दिवसको अवसरमा महरको घरमै पुगेर १ क्विन्टल गहुँ,५० केजी चाम, ५ केजी दाल,नुन, तेल लगायतका सामग्री हस्तान्तरण गरिएको छ । यस्तै महरको परिवारलाई व्यवसायी दानसिंह थापाले नगद ५ हजार हस्तान्तरण गरेको प्रेस चौतारीका प्रदेश कमिटि सदस्य सुरेश अवस्थीले बताए । 

खाद्यान्न हस्तान्तरण कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले महर परिवारको व्यवस्थापनका लागि नगरपालिकाबाट पहल गर्ने प्रतिबद्धता गरेका छन् । 

प्रेस चौतारी नेपाल बैतडीका इन्चार्ज लोकश साउँदको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए । 

महर परिवार सानो झुपडीमा कष्टकर जीवन बिताउँदै आएका छन् । गोठमै आफू बस्ने र बाख्रालाई समेत सोही गोठमा राख्ने गरेको महरले बताए ।  
 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update