Sagun Khabar
बैतडीमा चरेश सहित एकजना पक्राउ 

बैतडी –बैतडीमा लागु औषध चरेशसहित एकजना पक्राउ गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका ६ गोकुलेश्वरका ५९ बर्षीया दत्तराम नाथलाई ३८ ग्राम चरेश सहित शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

गोकुलेश्वरमा रेनुका खुद्रा पसल सञ्चालन गरिरहेका नाथले पसलबाटै चरेशको कारोबार गर्ने गरेको सूचनाका आधारमा खानतलासी गर्दा उनलाई चरेशसहित पक्राउ गरिएको हो । पक्राउ परेका नाथमाथि अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए । 

यसअघि गएको हप्ता बैतडीमा चरेश सहित ३ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका सबैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update