Sagun Khabar
डोटीमा पहिरोमा च्यापिएर एकजनाको मृत्यु 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा पहिरोमा च्यापिएर आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् । केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बमको पहिरोमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दानबहादुर मल्लले बताए ।

गाउँको खानेपानीको पानीको मुहानमा गएका बेला बमको खिरणा खोलाको पहिरोमा च्यापिएर मृत्यु भएको हो । पानी मुहान सफा गर्न गएका अन्य दुई जना घाइते भएका छन् ।

केआइसिंह गाउँपालिका झिगावस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पूजा कुँवर घाइते भएका हुन् । पुनीको हात भाँचिएको छ भने पूजाको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update