Sagun Khabar
बैतडीमा बुहारीमाथि जबरजस्तीकरणी गर्ने ससुरा कारागार चलान 

बैतडी –बैतडीमा बुहारीमाथि जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका ससुरालाई कारागार चलान गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५२ बर्षीय पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । जिल्ला अदालतको आदेश अनुसार ती पुरुषलाई सोमबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

आफ्नै बुहारीमाथि जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले उनलाई गएको पौष २८ गते पक्राउ परेको थियो । पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update