Sagun Khabar
बैतडीको डिलाशैनीमा रुखबाट लडेर एक वृद्धको मृत्यु 

बैतडी –बैतडीमा रुखबाट लडेर एक वृद्धको ज्यान गएको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर १ नानरा भुगाडीका ७८ बर्षीय सालीभान धामीको रुखबाट लडेर मृत्यु भएको स्थानीय सुदीप रानाले जानकारी दिए । 

मंगलबार विहान स्याउला काट्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update