ब्यूटिसियन संघ बैतडीको अध्यक्षमा भण्डारी
बैतडी –नेपाल ब्यूटिसियन संघ बैतडीको जिल्ला अध्यक्षमा जयन्ती कुँवर भण्डारी सर्वसम्मत चयन भएकी छन् ।
नेपाली कांग्रेस बैतडीकी श्रमिक नेतासमेत रहेकी जयन्ती कँुवर भण्डारीको नेतृत्वमा बुधबार जिल्ला कार्यसमितिका गठन भएको हो ।
समितिको उपाध्यक्षमा बिमला महर, सचिवमा अनिता ज्ञवाली शाह, सचिवमा जानकी जोशी, सदस्यमा कमला चन्द, गौलोचना श्रेष्ठ शाह, पूजा थापा, किरन थापा, चतना बिष्ट, बिन्दु चन्द, रिङ्कु मौनी लगायत रहेका छन् ।
नेपाल ब्यूटीसियन संघकी बरिष्ठ केन्द्रीय उपाध्यक्ष शान्ति शर्माको उपस्थितीमा संघको जिल्ला कार्यसमिति गठन गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९ ०७:५६
प्रतिक्रिया दिनुहोस्





