Sagun Khabar
वडास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ मा वडास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गोकुलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा अन्तर निमावि वडास्तरीय हाजिरीजवाफ प्रतियोगिता बुधबार सम्पन्न भएको हो । 

प्रतियोगितामा कुस्मावती आधारभूत विद्यालय नगराँउ प्रथम, केदार मावि देवगाउँ दोश्रो र बेतालेश्वर आधारभूत विद्यालय बासीगाउँ तेश्रो भएका छन् । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको कुस्मावती आधारभूत विद्यालयका शिक्षक खेम नाथले जानकारी दिए । 

गोकुलेश्वर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष मानबहादुर बोहरा, वडा नं ५ का सचिव भानसिंह धामी लगायतले पुरस्कार वितरण गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ०८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update