Sagun Khabar
बैतडीमा चितुवा मृत फेला पर्यो 
बैतडीको पाटनमा मृत फेला परेको चितुवा

बैतडी –बैतडीमा एक चितुवा मृत फेला परेको छ । जिल्लाको पाटन नगरपालिका ४ रातामाटा भन्ने स्थानमा चितुवा मृत फेला परेको पाटन सब –डिभिजन वन कार्यालयका फरेस्टर प्रेमबहादुर बिष्टले बताए । 

बिहीबार बिहान स्थानीयहरुले चितुवा मरेको देखेपछि खबर गरेका थिए । ६ फिट २ इन्च लम्बाइ भएको चितुवाको मृत्युको कारण भने खुल्न नसकेको बिष्टले बताए । चितुवा आँफै मरेको हो वा केही अन्य कारणले मरेको भन्ने कुरा खुल्न बाँकी रहेको उनले बताए । 

मरेको चितुवालाई पोष्टमार्टमका लागि भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनमा पुर्याइएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update