Sagun Khabar
बैतडीका भुवनचन्द्र माओवादी वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित 

बैतडी –नेकपा माओवादी केन्द्रका नेता भुवनचन्द्र विश्वकर्मा (शान) वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित भएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय कमिटीको वैठकले शानलाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेको हो । 

संविधान सभा निर्वाचन र गएको प्रदेशसभा निर्वाचन २०७९ मा माओवादीका तर्फबाट उनी समानुपातिक उम्मेदवार समेत रहेका छन् । शानलाई माओवादीभित्र लोकप्रिय नेताको रुपमा लिने गरिएको छ । 

माओवादी केन्द्रको बैतडी सह–इन्चार्जको भूमिकामा रहेका उनी पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चाको केन्द्रीय कार्यालय सदस्य र सुदूरपश्चिम इन्चार्ज समेत रहेका छन् । 

विक्रम सम्वत् २०३९ साल चैत १५ गते बैतडीको सिगास गाउँपालिका–१, जन्मिएका शान जनयुद्धकालदेखि नै माओवादीमा सक्रिय भएका हुन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update