बैतडीमा सेवाग्राहीको चाप भएका कार्यालयमा ‘चार्जिङ स्टेशन’
बैतडी –बैतडीमा सेवाग्राहीको बढी चाप भएका कार्यालयमा ‘चार्जिङ स्टेशन’राखिएको छ । नेपाल टेलिकमको सहयोगमा सेवाग्राही बढी हुने कार्यालयमा ‘चार्जिङ स्टेशन’ राखिएको टेलिकम बैतडीका प्रमुख विक्रमराम टमाटाले बताए ।
‘चार्जिङ स्टेशन’मा आइफोनसहित ९ ओटा मोबाइल एकैपटक चार्ज सकिने व्यवस्था रहेको टमाटाले बताए । सेवाग्राहीको बढी भीडभाड हुने जिल्ला प्रशासन र जिल्ला अस्पतालमा ‘चार्जिङ स्टेशन’राखिएको उनले बताए ।
विभिन्न कामले कार्यालयमा पुग्नेहरुलाई मोबाइल चार्जमा सहजता होस भनेर ‘चार्जिङ स्टेशन’राखिएको हो । अन्य कार्यालयहरुमा समेत ‘चार्जिङ स्टेशन’राख्ने तयारी भइरहेको कार्यालय प्रमुख टमाटाले बताए ।
कार्यालयहरुमा मोबाइल चार्ज गर्ने सुविधा भएपछि सेवाग्राहीहरुलाई पनि सहज भएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९ १४:५४
प्रतिक्रिया दिनुहोस्





