Sagun Khabar
बैतडीमा सडकमै जिप पल्टियो, एकजना समान्य घाइते 
फोटो: लोकेन्द्र भट्टको फेसबुकबाट साभार

बैतडी –बैतडीमा जिप पल्टिँदा एकजना समान्य घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामी गाउँ जाँदै गरेको सु.प.प्र.००१ ज १२०८ नम्बरको जिप वडा नं ५को अमिरपानी भन्ने ठाउँमा पल्टिएको हो । 

जिपको ब्रेक फेल भएर सडकमै पल्टिएको जानकारी आएको डिलाशैनी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष प्रकाशमणी भट्टले बताए । जिप सडकमै पल्टेको हुनाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको उनले बताए । 

जिपमा चालक सहित १५ जना सवार रहेका स्थानीय मनोज जोशीले बताए । कच्ची सडकको उकालोमा ब्रेक फेल भएर जिप पल्टेको उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update