Sagun Khabar
अख्तियार स्थापना दिवसको अवसरमा बैतडीका भट्ट पुरस्कृत 

बैतडी –अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा बैतडका २९ वर्षीय इन्जिनियर पुष्परराज भट्ट पुरस्कृत भएका छन् । 

बैतडीको दोगडाकेदार–४, घर भई विगत दुई वर्षदेखि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा कार्यरत भट्ट पुरस्कृत भएका हुन् । 

भट्टलाई दिवसको अवसरमा लगनशील, इमान्दार र कर्तव्यनिष्ठ भएर काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गालले शुक्रबार ‘अख्तियार सेवा पुरस्कार’ प्रदान गरेको हो । पुरस्कारको राशी नगद २० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । 

बैतडीको वीरेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेका पुष्पराजले पुलचोक इन्जिनियरिङ कलेजबाट पढाइ पूरा गरेर दुई वर्षदेखि अख्तियारमा कार्यरत रहेका छन् । 

puruskar 21676033307.jpg

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update