बैतडी- बैतडीको सुर्नया देखि जिल्ला सदरमुकाम सम्म बस सेवा शुरु भएको छ । पृत्रि यातायातले रिगा देखि सदरमुकाम सम्म बस सेवा शुरु गरेको हो ।
बस सेवा शुरु भएपछि नागरिकहरुलाई आवतजावत गर्न सहज भएको छ । सुर्नयाको रिगादेखि सतबाँझ आउँदा नागरिकहरुले ३ सय देखि ५ सय भाडा तिर्नुे पर्ने बाध्यता थियो । बिहान ७ बजे रिगादेखि बस सेवा शुरु भएपछि यात्रा गर्न सहज भएको स्थानीय डब्बल विकले बताए ।
जिपमा सन्शेरीमाण्डौँ देखि सत्तबाँझ सम्मको भाडा ३ सय देखि पाँच सय तिर्नेु पर्ने बाध्यता रहेकोमा अहिले डेढ सय तिरिरहेका उनले बताए । सुर्नया ६ को रिगा देखि सतबाँझ आउँदा नागरिकहरुले ६ सय भाडा तिर्नुे पर्ने बाध्यता थियो ।
अहिले अढाइ सय तिरेर नागरिकहरुले सहज यात्रा गरिरहेका छन् । जिप व्यवसायीको मनोमानिले मारमा परेका सुर्नया नागरिकहरु अहिले बस सेवा सञ्चलान पछि हर्षित भएका छन् । बस सेवा सञ्चालन भएपछि खुसि लागेको स्थानीय सविता चन्दले बताइन् । बसमा चढेर घरबाट कार्यालय सम्मै जाने गरेको र यात्रापनि सहज भएको उनको भनाई छ ।
सतबाँझ सुर्नया सडकखण्डमा बस सञ्चालन हुँदा धेरै सहज भएको लिस्किटाका राम बहादुर चन्दले बताए। अहिले बसमा ३० रुपैँया तिरर सतबाँझ जान पाउँदा निकै खुसि लागेको उनले बताए । जिप व्यवसायीले पनि भाडा घटाएर सन्शेरीमाण्डौँ देखि सतबाँझको डेढसय गरेपनि नागरिकहरु बसमै यात्रा गरिरहेका छन् ।
जिप भन्दा बसमा यात्रा गर्न सजिलो भएको तडीगाउँका दिनेश भट्टले बताए । बिहान ८ बजे रिगा देखि बस छुट्छ । बस बरायल, सन्शेरीमाण्डौँ ,तडीगाउँ, लिस्किटा, सतबाँझ हुँदै सदरमुकाम सम्म यात्रु लगेर जान्छ ।
सुर्नयाबाट नागरिकहरुले सिधै सदरमुकाम सम्म जान पाएका छन् । नागरिकहरुको सहजताका लागि सेवा सञ्चालन गरिएको र अहिले राम्रो प्रतिकृया पनि मिलिरहेको चालक सुरेश विष्टले बताए । जनतालाई तोकिएको भाडादरमा सेवा प्रवाह गर्न बस सेवा सञ्चालन गरिएको चालक विष्टले बताए ।





