बैतडीमा एक घरमा आगलागी,झण्डै १ लाखको क्षति
बैतडी –बैतडीको मेलौलीमा एक घरमा आगलागी हुँदा झण्डै एक लाखको क्षति भएको छ । मेलौली नगरपालिका वडा नं ८ कोटीगाउँ हल्दोडाका कृष्णसिंह बिष्टको घरमा बिहीबार राति आगलागी भएको हो ।
रातिको समयमा चुल्होबाट सल्केको आगोले घरभित्र रहेका लत्ताकपडा, अन्न लगायत जलेर नष्ट हुँदा ८७ हजार बराबरको क्षति भएको स्थानीय दिपेन्द्रसिंह सुतारले बताए । आगलागि भएको ३ घण्टापछि स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागी हुँदा घरभित्र भएका लत्तकपडा, एकथान सोलार, ५ हजार नगद, २ क्वीन्टल मकै, १ क्वीन्टल धान, ७५ किलो गहुँ लगायत घरभित्र भएका सबै सामग्री जलेर नष्ट भएका वडा अध्यक्ष अध्यक्ष तपेन्द्रसिंह बिष्टले बताए ।
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९ १०:२६
प्रतिक्रिया दिनुहोस्





