Sagun Khabar
बैतडीका एक किशोर भारतमा बेपत्ता 

बैतडी- बैतडीका एक किशोर भारतमा बेपत्ता भएका छन् ।  जिल्लाको दोगडाकेदार गाउँपालिका  वडा नं ५ न्वाली घर भएका  जनक राम भुल भारतको  बेँगलोरमा  बेपत्ता भएका हुन् ।

उनि ५ दिन देखि बेपत्ता रहेका बेपत्ता किशोरका आफन्त डीआर विकले जानकारी दिए । शुक्रबार बिहान १० बजेतिर बेँगलोरको लालबाग देखि रामगोन्डनाहल्ली आइरहेका उनि बीच बाटो बाटै सम्पर्क विहीन भएका र अहिले  सम्म सम्पर्कमा नआएका बेपत्ता किशोरका दाई  डम्बर राम भुलले  बताए ।

 ५ दिन बिति सक्दा पनि भाइको  अत्तोपत्तो नलागेको उनले  बताए । भारतीय प्रहरीलाई  पनि भाइको  खोजिका लागि खबर गरेको उनको  भनाई  छ । जनक  दुई वर्ष  पहिले  कामको  सिलसिलामा भारत गएका बताइएको छ ।  

गहुँगोरो वर्ण भएका जनक राम भुल लाई कहिं कतै कसैले देखे खबर गर्न पनि  प्रवासि सबै नेपालीलाई आफन्तजनहरुले  आग्रह गरेका  छन् । 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update