Sagun Khabar
पालिका अधिवेशन गर्दै शिक्षक संघ बैतडी 

बैतडी –नेपाल शिक्षक संघले बैतडीका ४ ओटा पालिकामा स्थानीय अधिवेशन सम्पन्न गरेको छ । केही दिन पहिला जिल्लाको सुर्नया गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको शिक्षक संघले शनिबार जिल्लाका ३ ओटा पालिकामा अधिवेशन सम्पन्न गरेको नेपाल शिक्षक संघ बैतडीका सचिव गणेशसिंह भण्डारीले बताए । जिल्लाको दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा स्थानीय अधिवेशन सम्पन्न भएको भण्डारीले बताए । 

जिल्लाको मेलौली नगरपालिकामा पनि शिक्षक संघको अधिवेशन आजै शुरु भएको छ तर अहिले सम्म नेतृत्वमा सहमति हुन सकेको छैन् । 

सुर्नयामा सम्पन्न अधिवेशनले गणेशदत्त अवस्थीको अध्यक्षतामा पालिकास्तरीय समिति गठन गरेको छ । यस्तै शनिबार दशरथचन्द नगरपालिकामा सम्पन्न भएको अधिवेशनले रघुबीरसिंह थापाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा सम्पन्न अधिवेशनले धनबहादुर चन्दको अध्यक्षतामा २३ सदस्यीय समिति चयन गरेको छ भने शिवनाथ गाउँपालिकामा जोतसिंह पालको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरिएको भण्डारीले जानकारी दिए । 

जिल्लाका बाँकी रहेका ५ ओटा पालिकामा पनि छिट्टै स्थानीय अधिवेशन सम्पन्न गरेर फागुन अन्तिम साता जिल्ला अधिवेशन गर्ने तयारी रहेको सचिव भण्डारीले बताए । 
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update