Sagun Khabar
दुई हप्तादेखि बेपत्ता रहेका बैतडीका युवक भारतको झुलाघाटमा फेला परे 

बैतडी –गएको दुई हप्तादेखि बेपत्ता रहेका बैतडीका एक युवक फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका ३ बरक्वालीका २० बर्षीय विरेन्द्र नाथ भारतीय बजारमा झुलाघाटमा फेला परेका हुन् । 

मानसिक सन्तुलन ठीक नभएका नाथ माघ १४ गते घरबाट बेपत्ता भएका थिए । बेपत्तापछि उनको खोजीका लागि प्रहरीलाई समेत निवेदन दिइएको थियो । नाथलाई भारतीय बजार झुलाघाटमा फेला पारेको र उनका आफन्तले घर ल्याएका स्थानीय समेत रहेका सामाजिक अभियान्ता धनबहादुर क्षेत्रीले बताए । 

नाथको मानसिक सन्तुलन ठीक नभएकाले उनको उपचारका लागि समेत सहजीकरण गर्नका लागि सबैसंग आग्रह गरिएको क्षेत्रीले बताए । 

बेपत्ता रहेका नाथको खोजीका लागि भारतको पिथौरागढ सम्म आफन्तहरु पुगेका थिए । झुलाघाटका एकजना व्यापारीले शुक्रबार साँझ विरेन्द्रलाई देखेपछि प्रहरीको जिम्मा लगाएको र प्रहरीले घरपरिवारलाई खबर गरेको स्थानीय लछी नाथले बताए । विरेन्द्रलाई अहिले घरमा पुर्याइसकेको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update