Sagun Khabar
एकीकृत अखिल नेपाल शिक्षक संगठन बैतडीको अध्यक्षमा ठगुन्ना 

बैतडी –एकीकृत अखिल नेपाल शिक्षक संगठन बैतडीको अध्यक्षमा देवसिंह ठगुन्ना सर्वसम्मत चयन भएका छन् । शनिबार खोड्पेमा सम्पन्न भएको छैटौं अधिवेशनले ठगुन्नाको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरेको हो । 

कमिटिको उपाध्यक्षमा देव ओझा, सचिवमा दिनेश नगारी, कोषाध्यक्षमा महेश्वरी ऐर कुँवर लगायत अन्य सदस्यहरु रहेका छन् । 

एकीकृत अखिल नेपाल शिक्षक संगठनका निवर्तमान अध्यक्ष उद्धवसिंह महराको अध्यक्षतामा भएको अधिवेशनको उद्दघाटन सत्रमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका सुदूरपश्चिम अध्यक्ष दलबहादुर कार्की प्रमुख अतिथी रहेका थिए । 
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १८:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update