Sagun Khabar
पढ्ने र पढाउने मुलुकको प्रधानमन्त्री बने, विद्यालयको मुहार फेरिएन्

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ तडीगाउँ स्थित पुरानो शिक्षण संस्थाको मुहार फेरिएको  छैन् । २००६ सालमा साविकको बाशुलिङ्ग गाविस वडा नं ६ हालको सुर्नया गाउँपालिका वडा नं ३ तडीगाउँमा स्थापना भएको बाशुदेव आधारभूत विद्यालयको मुहार फेरिन नसकेको हो ।

यो विद्यालयमा प्रारम्भीक शिक्षा हासिल गरेका व्यक्तीहरु मुलुकको प्रधानमन्त्री बनेपनि शिक्षण संस्थाको मुहार भने नफेरिएको स्थानीयहरुको भनाई छ । गाउँसमाजका युवाहरुलाई  शिक्षा प्रदान गर्ने  हेतुले २००६ सालमा भारतबाट सात जना शिक्षक बोलाएर पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका पिता महावीर चन्दले स्कुल खोलेका थिए ।

यो विद्यालयमा प्रारम्भीक शिक्षा आरम्भ गरेर लोकेन्द्र बहादुर चन्द मुलुकको चार पटक प्रधानमन्त्री बनिसकेका छन् । तर यो विद्यालयको अवस्थामा भने परिवर्तन आउन सकेको छैन् । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले केही वर्ष शिक्षकका रुपमासमेत बाशुदेव आधारभूत विद्यालयमा पढाउनु भएको थियो ।

यो विद्यालयमा शिक्षा आर्जन गरेरका धेरै जना उच्चओहदामा पुगेका छन् भने कयौँ व्यक्तीहरु राष्टसेवक कर्मचारी छन तर विद्यालयको विकास हुन सकेको छैन् । अहिले यो  विद्यालयमा भवनको अभाव छ । पत्थरले छाएको  भवन  जिर्ण  हुँदा विद्यार्थीहरुलाई बसाइका लागि समस्या हुने गरेको छ । दरबन्दीका शिक्षक नहुँदा पनि समस्या छ ।  

भवन जिर्ण हुँदा २०७२ सालमा बनेको तीन कोठो भवनलाई छकोठामा विभाजन गरेर कक्षा सञ्चालन गरेका विद्यालयका प्रधानाध्यापक सुन्दरदेव भट्टले बताए । बासुदेव आधारभूत विद्यालयमा २०१९ सालमा कक्षा ९ सम्मको पढाइसमेत हुन्थ्यो ।

२०२० सालमा यही विद्यालयको नामबाट अर्को गाउँमा वासुदेव मावि सञ्चालन भएपछि  यहाँ कक्षा घटेर ५ सम्मको पढाइ हुनथाल्यो । पछि गाउँलेहरुले मिलेर  फेरी यसलाई कक्षा ८ सम्म पुर्याएर र अहिले  पढाइभइरहेको छ । 

विद्यालय सुधारका लागि अभियान
विद्यालयको दैनिय अवस्था देखेर अहिले सुधारको अभियान सञ्चालन भएको छ । यो विद्यालयबाट प्रारम्भीक शिक्षा  हासिल गरेका पूर्व विद्यार्थी एवं स्थानीय तर्कराज भट्टले विद्यालयको  विकासका लागि सुधार अभियान सञ्चालन गरेका हुन् ।

 विद्यालयको शैक्षिक र भौतिक विकासका लागि भूतपूर्व विद्यार्थी समाज गठन गरिएको र  यसले सुधारका लागि काम गर्ने पूर्व विद्यार्थी भट्टले बताए । आफुले विद्यालय सुधारका लागि अभियान सञ्चालन गरेर  छलफल र सुझाव संकलन गरिरेहको उनले बताए ।

मातृ विद्यालयको विकास गर्ने  संकलप लिएर  आफु अभियानमा लागेको र  अभियानले  पूर्णता पाउनेमा आशावादी रहेको उनको भनाई  छ । 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update