Sagun Khabar
बैतडीको सुर्नयाले बालविकास शिक्षकहरुलाई भन्यो–‘पूरा समय काम गर्नु’

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले विद्यालयमा कार्यरत बालविकास शिक्षकहरुलाई विद्यालय खुला रहञ्जेल सम्म काम गर्न निर्देशन दिएको छ । विद्यालयमा १० बजेदेखि ४ बजे सम्म अनिवार्य रुपमा काम गर्नका लागि बालविकास शिक्षकहरुलाई निर्देशन दिइएको सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । 

बालविकास शिक्षकहरु पूरा समय विद्यालयमा नबस्ने गरेको गुनासो आएको र सामुदायिक विद्यालयहरुमा दरबन्दीको अभाव रहेकाले कार्यपालिकाले माघ ५ गते गरेको निर्णय अनुसार सबै बालविकास शिक्षकहरुलाई विद्यालयमा पूरा समय दिन आग्रह गरिएको अवस्थीले बताए । 

सुर्नया गाउँपालिकाभित्रका विद्यालयहरुमा संघीय सशर्त अनुदानबाट २५ जना बालविकास शिक्षक रहेका छन् भने पालिकाको अनुदानबाट ३ जना बालविकास शिक्षक राखिएका छन् । 

सामुदायिक विद्यालयहरुमा दरबन्दीको अभाव भएकाले बालविकास शिक्षकहरुलाई विद्यालयको पठनपाठनका कार्यमा सहयोग पुर्याउनका लागि पूरा समय काम गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । 

Balbikash1676446310.jpg

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update