Sagun Khabar
पुर्चौंडी नगरपालिकामा कर्मचारी भर्नामा विवाद 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकामा कर्मचारी भर्नामा विवाद देखिएको छ । विभिन्न पदमा नगरपालिकाले कर्मचारी भर्नाका आवेदन खोलेको थियो । सोमबार भएको रोजगार सहायक एक जना, कम्प्युटर अपरेटर एक जना, पञ्जीकरण शाखाका लागि एक जना र १२ जना कार्यालय सहयोगीका लागि भएको परीक्षा प्रक्रियागत नभएको आरोप लागेको छ । 

परीक्षाको नतिजा आएपछि स्थानीय युवाहरुले घेर्न थालेपछि प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपाली भागेर सदरमुकाम पुगेका थिए । सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई भेटेर उनी धनगढी गइसकेका छन् । 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसंग भेटमा उनले परीक्षा निष्पक्ष रुपमा गर्दा आफूमाथि धम्की आएको बताएका छन् । 

कर्मचारी छनौट गर्दा प्रक्रिया नपुर्याएको आरोप लागेपनि सो आरोपको भने प्रमुख प्रशासकीय अधिकृत नेपाली खण्डन गरेका छन् । प्रक्रियागत हिसाबले अगाडि बढ्दा आफूमाथि धम्की आएको उनले प्रशासनसंग दुखेसो पोखेका छन् । 

सदरमुकाम आएको बिषयमा सोध्दा प्रमुख प्रशासकीय अधिकृत नेपालीले आफू धनगढी गइरहेको र अहिले केही भन्न नसकिने अवस्थामा रहेको बताए । 
 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update