Sagun Khabar
सुर्नयाको १२ औं गाउँसभाको दोश्रो अधिवेशन सम्पन्न 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाको १२ औं गाउँसभाको दोश्रो अधिवेशन बिहीबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा गाउँसभाका सदस्यहरुको सहभागिता रहेको थियो । 

अधिवेशनले चालु आर्थिक बर्षको विनियोजित बजेटलाई केही संशोधनसहित पारित गरेको छ । यस्तै अधिवेशनले दुईजना गाउँसभा सदस्यहरुको निधन भएकाले शोक प्रस्ताव समेत पारित गरेको छ । 

सुर्नया गाउँपालिका वडा नं ४ का वडा सदस्य बीरसिंह साउँदको गएको माघ १० गते र कार्यपालिका सदस्य प्रेमे लुहारको गएको असोज १ गते निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । 

गाउँपालिका अधिवेशनमा सभाषदहरुले चालु आर्थिक बर्षको बजेट कार्यान्वयनका लागि सबैले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । गाउँपालिकाका प्रवक्ता प्रतापसिंह महराले सिंगो गाउँपालिकाले मिलेर जानुपर्नेमा जोड दिएका छन् । गाउँसभामा बोल्दै उनले समग्र सुर्नयाको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने उनको भनाइ छ । 

गाउँसभा अधिवेशनमा बोल्दै गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर सबै सभासदस्यहरुलाई धन्यवाद दिँदै गाउँपालिकाको समग्र विकासमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । सुर्नयाका विकासका लागि सबैको उत्तिकै सहयोग आवश्यक रहेको भन्दै अध्यक्ष कुँवरले यसमा सबैको ध्यान जानुपर्ने बताए ।  
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update