Sagun Khabar
दार्चुलाको महाकाली नदीमा नेपाल–भारत जोड्ने  थप दुईवटा झोलुङ्गे पुल सञ्चालनमा

दार्चुला - दार्चुलाको महाकाली नदीमा नेपाल–भारत जोड्ने गरी थप दुईवटा झोलुङ्गे पुल सञ्चालनमा आएका छन्। महाकालीमा तुइन विस्थापन कार्यक्रमअन्तर्गत निर्माणधीन झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि पुल सञ्चालनमा आएको हो।

झोलुङ्गे पुलको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिल्ला अधिकारी रीना जोशीले बिहीबार उद्घाटन गरे। मालघाट र मालघट्टेमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले बताए। 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update