Sagun Khabar
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)बैतडीको अध्यक्षमा भट्ट 

बैतडी –नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को अध्यक्षमा गोविन्द भट्ट चयन भएका छन् । संगठनको शुक्रबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशनले भट्टको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । 

कमिटिको उपाध्यक्षमा बीरसिंह महरा, शंकरदत्त अवस्थी र नारा कार्की, सचिवमा प्रकाश कपाडी (भट्ट), सहसचिवमा रामप्रसाद बडू, कोषाध्यक्षमा लोकेन्द्रदेव भट्ट लगायत अन्य सदस्यहरु रहेका छन् । 

यस्तै गणेश ठगुन्नाको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । यस्तै अम्बादत्त जोशी, मदनसिंह कुँवर र चाँदनी थापालाई केन्द्रीय प्रतिनिधि चयन गरिएको नवनिर्वाचित अध्यक्ष गोविन्द्रप्रसाद भट्टले बताए ।  

गोविन्द्र प्रसाद भट्टको अध्यक्षतामा भएको अधिवेशनको उद्दघाटन सत्रमा नेकपा माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज प्रेमप्रकाश भट्ट प्रमुख अतिथी रहेका थिए । यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)का केन्द्रीय कोषाध्यक्ष एवं सुदूरपश्चिम इन्चार्ज बल्देव कपाडी बिशिष्ट अतिथी रहेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update