Sagun Khabar
डोटीमा जिप दुर्घटना हुँदा चालक सहित दुईजनाको मृत्यु, ६ जना घाइते 

डोटी – डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका –१ लोलीमा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । 

केआईसिंह–१ महादेवका ३६ वर्षका चालक गोविन्द शाही र केआईसिंह–२ जारिमभाडीका ४१ वर्षका धनबहादुर तिरुवाको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।  

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटनामा केआईसिंह गाउँपालिका डुम्राकोटका २७ वर्षीय तेज तिरुवा, उनकी श्रीमती २६ वर्षीया राधा तिरुवा, समिर तिरुवा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मिन लुहार घाइते भएका छन् । घाइतेको दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

दिपायलबाट घाँटलायाका लागि छुटेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप लोलीमा गएराति दुर्घटना भएको हो ।
 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update