बैतडीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १२ गते देखि
बैतडी- बैतडीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १२ गते देखि हुने भएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि फागुन १२ गते देखि पाटनमा हुने भएको हो ।
जिल्ला खेलकुद विकास समिति बैतडी अध्यक्ष चमन कुमार भण्डारीले प्रतियोगिता कृष्ण माविको खेलमैदानमा हुने बताए ।
जिल्ला खेलकुद विकास समितिले एक सूचना जारी गरेर जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेलौलीमा हुने भनिए पनि सबैका लागि पाइक पर्ने स्थान पाटन रहेकाले पाटनमा गर्ने निर्णय भएको जनाएको छ । प्रतियोगिता १२ गतेदेखि १४ गतेसम्मसञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९ १०:४०
प्रतिक्रिया दिनुहोस्





