Sagun Khabar
अब बैतडीमा देख्ने गरि बजेट आउँछः मन्त्री भण्डारी 

बैतडी- मन्त्री  भण्डारीले  अब बैतडीमा देख्ने  गरि बजेट आउने  बताएका छन्।   उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले  शनिबार पाटन नगरपालिका  ८ खोड्पेमा आयोजित स्वागत कार्याक्रममा बोल्दै जिल्लामा बजेट देख्ने  गरि  आउने  बताएका हुन् ।

यहाँका जे जति सस्या छन् सबै  संग आफु  परिचित भएको कुरा उल्लेख गर्दै मन्त्री भण्डारीले अब जिल्लामा देख्ने गरि विकास हुने  बताए । नयाँ सहरको बजेट अब सोचे भन्दा बढि  आउने  उनले  दाबी गरेका छन् ।  ‘चालु आर्थिक वर्षमा पनि नयाँ सहरको  बजेट २० करोडको  आसपासमा छ,अब तपाँईले वास्तममा बजेट आयो भन्ने  गरि  बजेट ल्याउछु, नयाँ सहरको  बजेट, नगरपालिकाको बजेट तपाइँले भने भन्दा, सोचेभन्दा बढि ल्याउने  मेरो  भूमीका रहन्छ,’ मन्त्री भण्डारीले भने ।  

यस्तै  उनले  १० ओटै  पालिकाका समस्या समाधान गर्न विशेष केन्द्रीत हुने  उनले  बताए ।  यहाँको  बाटोघाटो , सिंचाइ , खानेपानी,  बिजुली बत्ती लगायत विकासका पूर्वाआधारहरुमा मेरो ध्यान केन्द्रीत हुने  मन्त्री  भण्डारीले  बताए  । यस्तै मन्त्री  भण्डारीले उद्योगको  क्षेत्रमा पनि अधिकत्म बजेट आउने  र  उद्योग व्यापारलाइ माथि उठाइने बताए । लघु जन्य उद्योगहरुलाई  प्रोत्साहित गर्न अनुदानका कार्यक्रम आउने  मन्त्री  मण्डारीले  बताए ।

बैतडीबाट प्रतिनिधिसभा निर्वाचीत भण्डारी मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका हुन् । मन्त्री भण्डारी जिल्ला स्थीत बिभिन्न कार्यक्रममा सहभागि हुने बताइएको छ । यस्तै आइतबार जिल्लास्थित सबै कार्यालयका प्रमुखहरुसँग भेटघाट तथा अन्तरकृया कार्यक्रम सहभागि भएर भोली नै उनले  निर्माण व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधि र सञ्चारकर्मीसँग भेट गर्ने  बताइएको  छ ।

मन्त्री भण्डारी गृह जिल्ला पुगे पछि ठाउँठाउँमा  स्वागत कार्यक्रमको आयोजना गरिएको छ । मन्त्री भण्डारी  ८ गते काठमाण्डौ फर्किने छन् ।

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update