बैतडी- बैतडीमा लागू औषध विरुद्ध जनचेतना जगाउन होर्डिङ बोर्ड राखिएका छन् । जिल्ला स्थित प्रहरी कार्यालय र विभिन्न सार्वजनिक स्थानमा लागू औषध विरुद्ध जनचेतना जगाउन होर्डिङ बोर्ड राखिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीले लागू औषध बिरुद्ध जनचेतना जगाउन होर्डिङ बोर्ड राखिएको जानकारी दिएको छ । जिल्ला प्रहरी बैतडीको पहल र स्थानीयतहको सहयोगमा जनचेतनामूलक होर्डिङ बोर्ड राख्ने काम भइरहेको प्रहरी निरीक्षक लोक राज जोशीले बताए ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका ईलाका प्रहरी कार्यालय पाटन, झुलाघाट, प्रहरी चौकी रौलेश्वर, नागार्जुन, थालिगाडा, हल्दुबिनायक, खोचलेक, सुल्लेखान, रोडिदेवल, अस्थायी प्रहरी पोष्ट सलेना र सतबाँज बैतडीको कार्यालय अगाडी र सार्वजनिक स्थानमा लागू औषध विरुद्धको महाअभियान– २०७९ लाई प्रभावकारी बनाउन विभिन्न विषयहरु समेटिएका होर्डिङ बोर्डहरु राखिएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सार्वजनिक स्थानहरुमा लागु औषध दुव्र्यस्न,उत्पादन,ओसारपोसार,संचय विक्रिवितरण, गम्भीर अपराध हो लेखिएका होर्डिङ बोर्ड राखीदैछन् । नागरिकहरु सचेत बनुन भनेर लागू औषध विरुद्ध जनचेतना फैलाउन जिल्लाका सबै सार्वजनिक स्थानहरुमा होर्डिङ बोर्ड राखिएका प्रहरी निरीक्षक जोशीले बताए । यसबाट आम नागरिकहरुमा जनचेतना फैलिने र लागु औषध दुव्र्यस्न न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।





