Sagun Khabar
दार्चुलामा करेन्ट लागेर टिप्पर चालकको मृत्यु 

दार्चुला –दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर– ३ नलबगडस्थित सडकमा माटो फाल्ने टिप्परको ढाला नांगो बिजुलीको तारमा छोइएपछि करेन्ट लागेर टिप्पर चालकको मृत्यु भएको हो ।

टिप्परको ढाला विजुलीको तारमा छोइएपछि करेन्ट लागेर गम्भीर घाइते भएका कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानी बस्ने २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

यस्तै टिप्पर सहचालक मार्मा गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय प्रकाशसिँह ठगुन्ना समान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटना आइतबार (आज) विहान ९ बजेतिर भएको प्रहरी निरीक्षक शाहीले बताए । 
 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update