Sagun Khabar
कर्मचारी संगठनले मन्त्री भण्डारीलाई सम्मान गर्यो 

बैतडी –उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीलाई नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमितिले सम्मान गरेको छ । गृह जिल्लामा रहेका भण्डारीलाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको नेपाल निजामति कर्मचारी संगठनका बैतडी अध्यक्ष महेश अवस्थीले बताए । 

नेपाल निजामति कर्मचारी संगठन बैतडीका अध्यक्ष महेश अवस्थीको अध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री भण्डारी प्रमुख अतिथी रहेका थिए । 

सो कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सरकारको निती र कार्यक्रम अनुसार बजेट कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सरकारको बजेट र कार्यक्रमलाई कार्यान्वयनमा सहयोग पुर्याउन कर्मचारी संगठनका सदस्यहरुलाई उनले आग्रह समेत गरेका छन् । 

कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध कर्मचारी लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update