बैतडी –बैतडीको मेलौली नगरपालिका २ लिखोडास्थित सुदर्शन माविको ६३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ आइतबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनसिंह भाटको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्द प्रमुख अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक सुरतबहादुर चन्दले ७९ लाख ५ हजार २२१ बराबरको आय र ७५ लाख ५ हजार ४४ बराबरको व्यय विवरण प्रस्तुत गरेका थिए ।
बार्षिकोत्सव समारोहमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । बार्षिकोत्सवको अवसरमा विद्यालय व्यस्थापन समितिका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक सुरतबहादुर चन्दले बताए । पूर्व अध्यक्षहरु बहादुर चन्द, बीरसिंह भाट, रामसिंह भाट, प्रजापति पैंतोला,रामसिंह भाट, श्रवणकुमार ठगुन्ना, महादेव भट्ट र बीरा चन्दलाई सम्मान गरिएको हो ।





