बैतडी –प्रजातन्तत्र दिवसको अवसरमा बैतडीको पाटनमा दीप प्रज्वलन गरिएको छ । आइतबार साँझ पाटन नगरपालिकाको अगुवाईमा दीप प्रज्वलन गरिएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए ।
नगर प्रमुख गौरीसिंह रावलको नेतृत्वमा नगरपालिकाले प्रजातन्त्र दिवस मनाएको हो । दीप प्रज्वलन कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी लगायत अन्य नगरबासीहरुको सहभागिता रहेको थियो ।
प्रजातन्त्रको स्थापनाका लागि आफ्नो प्राणको आहूती दिने शहीदहरुप्रति श्रद्धा प्रकट गर्नका लागि दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख गौरीसिंह रावलले बताए । यस्तै नगर उपप्रमुख कमलसिंह बोहराले देशमा प्रजातन्त्रको स्थापनाका लागि प्राणको आहूती दिएका शहीदहरुको सम्झनामा प्रजातन्त्र दिवस मनाएको बताए ।
७३ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी आज देशैभर मनाइएको छ ।





