Sagun Khabar
बैतडीका पत्रकार विष्ट उत्कृष्ट समाचारदाताको रूपमा पुरस्कृत 

बैतडी- बैतडीका पत्रकार विनोद सिंह विष्ट पुरस्कृत भएका छन् । राष्ट्रिय समाचार समिति(रासस)का समाचारदाता समेत रहेका पत्रकार विष्ट राससको ६२ औँ बार्षिकोत्सव समारोहमा सुदूरपश्चिम प्रदेशको उत्कृष्ट समाचारदाताको रूपमा पुरस्कृत भएका हुन् ।

विष्टलाई नगद १५ हजार,फूलमाला र प्रमाणपत्रले सम्मान गरिएको हो ।  उनलाई प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राज राईले सम्मान गरेका हुन्  ।

 राससले प्रदान गरेको पुरस्कार र सम्मानले पत्रकारिता क्षेत्रमा  अझ जिम्मेवार र काम गर्न उर्जा थपेको  विष्टको  भनाई छ । गत वर्षनै घोषणा भएको उक्त पुरस्कार कोरोना कहरका कारण औपचारिक कार्यक्रम नहुँदा यो वर्ष वितरण गरेको हो ।

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका विष्ट विगत ८ वर्षदेखि राससको बैतडी समाचारदाताको रूपमा कार्यरत रहेका छन् । पत्रकार महासंघ बैतडीका सहसचिव समेत रहेका विष्टले यसअघि पनि राससबाटै अडियो र समाचार सम्प्रेषण गरेवाफत पुरस्कार पाईसक्नुभएको छ । विष्ट  विगत १२ वर्षदेखि सक्रिय रूपमा सञ्चारकर्ममा  छन्। 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update