Sagun Khabar
बैतडीको शिबनाथमा निःशुल्क आँखा शिविर सञ्चालन हुने 

बैतडी- बैतडीको शिबनाथ गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको  छ । यहि फागुन १२ गते देखि  गाउँपालिकाको  वडा नं ६ मा निशुल्क आँखा चेकजाँच शिविर सञ्चालन हुने भएको हो ।

शिबनाथ स्वास्थ्य चौकि हिरापुरमा आँखा शिविर लाग्ने वडा अध्यक्ष भरत राम पार्किले जानकारी दिए । आखाँ सम्बन्धि समस्या भएका नागरिकहरुलाई  उपचारका लागि सहज होस भनेर शिबिरको आयोजना गरिएको उनले  बताए ।

 चेक जाँचकै लागि टाढाटाढा जानु पर्ने  वडाबासीको  बाध्यतालाई मध्यनजर  गरेर  नागरिकले सेवा पाउन भनेर शिविरको आयोजना गरिएको उनले बताए । शिबिरबाट डाक्टरहरुले अपरेशनको लागि सिफारिस गरेकाहरुलाई उपचारका लागि डडेल्धुरा पठाइने वडा अध्यक्ष पार्कीले बताए ।

वडाको  आयोजना तथा  आँखा उपचार केन्द्र पाटनको  प्राविधिक सहयोगमा आँखा सम्बन्धि चेकजाँच सेवा प्रदान हुने भएकाले समस्या भएका बिरामिहरुलाई सेवा लिन आग्रह गरिएको छ । शिविरमा चेकजाँच तथा परार्मश सेवा प्रदान गरिने  बताइएको  छ । 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update