Sagun Khabar
बैतडीकी एक महिला छोरासहित नगद र सुन लगेर  सम्पर्क विहिन   

बैतडी– बैतडीकी एक महिला छोरासहित बेपत्ता भएकी छन् । जिल्लाको मैलौली नगरपालिकाकी सरस्वती नाथ ४ वर्षिय छोरा सहित बेपत्ता भएकी हुन् ।

मेलौली २ सलेनास्थित मलीकुलका केशव नाथकी २४ वर्षीया श्रीमती सरस्वती नाथ ४ वर्षीय छोरा यूनीक नाथ एक साता देखि सम्पर्क  विहिन भएका पारिवारिक स्रोतले  बताएको छ । बेपत्ता सरस्वतीका श्रीमान केशव नाथले  श्रीमति छोरासहित फागुन २ गते बाट सम्पर्क  विहिन भएकी बताए । घरमा कसैलाई जानकारी नगराई निस्केकी उनले  बताए   ।

एक साता हुँदा पनि अहिलेसम्म श्रीमती र  छोराको  अत्तोपत्तो नलागेको  उनले बताए । उनका अनुसार ३ लाख रकम र एक तोला सुन समेत लिएर सरस्वती सम्पर्क विहिन छिन् ।

नाथ हाल रोजगारीको सिलसिलामा भारतको मुम्बैइमा छन् । कसैको सम्पर्कमा आए नजिकैको प्रहरीचौकीमा सम्पर्क गरिदिन परिवार स्रोतले अनुरोध गरेको छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update