Sagun Khabar
पहिरोमा पुरिएर डोटीमा दुई बालबालिकाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी–पहिरोमा पुरिएर डोटीका दुई बालबालिकाको मृत्यु भएको छ । बिहीबार जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीया बालिका जेनिशा विष्टको पहिरोमा पुरिए मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गाउँ नजिकैको चिसापानी वनमा गएका उनिहरु पहिरोमा पुरिएका हुन् । पानी परिरहेको समयमा ओत लाग्न ओडारमा बसेका उनिहरुलाई माथिबाट आएको पहिरोले पुरेपछि निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लले जानकारी दिए । पहिरोमा पुरिएका उनिहरुलाई प्रहरी र स्थानीयले निकालेका थिए । दुबै जनाको घटना स्थलमै निधन भएको प्रहरी प्रमुख मल्ले बताए ।

यस अघि बुधबार जिल्लाको केआईसिंह गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update