Sagun Khabar
डोटीको रिठा–चन्कट्टे सडक निर्माणमा ढिलाइ

डोटी- डोटीको जोरायल गाउँपालिका अन्तर्गतको बुडर–जोरायल सडकको रिठा–चन्कट्टे खण्ड निर्माणमा ढिलाइ भएको छ । ठेक्का म्याद सकिन चार महिना बाँकी छँदा प्रगती १० प्रतिशत मात्रै भएको पाइएको छ ।

तीन वर्षमा सम्पन्न गर्नेगरी सडक निर्माणको सम्झौता २०७७ असारमा भएको थियो। निर्माण कम्पनीको लापरबाहीले काम समयमै सम्पन्न हुन नसकेको स्थानीयको आरोप छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेट मार्फत उक्त सडकखण्डको स्तरोन्नतिका लागि शर्मा–राजेन्द्र जेभीसित ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार सो काम २०८० असारभित्र सम्पन्न गर्नुपर्ने छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

ठेकेदारको लापरवाहीकै कारण सडक स्तरोन्नतिमा ढिलाइ भएको उनले बताए। निर्माण कम्पनीले कोभिड–१९ महामारीलगायत कारण निर्माणमा ढिलाइ भएको जनाएको छ । सम्झौताको अवधि भित्रै काम सम्पन्न गर्ने प्रयास गरिरहेको निर्माण कम्पनीका प्रतिनिधि रोशन भट्टले बताए।

दश किलोमिटरमध्ये आठ किलोमिटरमा सबै काम समयमै सम्पन्न हुने उनले दाबी गरे। पटक पटक ताकेता गर्दा पनि ठेकेदारले निर्माणमा चासो नदिएको  जोरायल–४ का वडाध्यक्ष नन्दराज भट्टको आरोप छ। नदी किनारमा तटबन्ध निर्माण नहुँदा स्थानीयको घर कटानको जोखिममा परेको उनले बताए। 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update