Sagun Khabar
पहिरोमा आएको ढुंगा लागेर डोटीमा एक बालक घाइते 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी–डोटीमा पहिरोमा आएको ढुंगा लागेर एक बालक घाइते भएका छन् । शनिबार जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ सिरखोलीसैन बस्ने गोरख लुहारका ११ वर्षीय छोरा दिपक विकलाई पहिरोमा आएको ढुंगा लागेको हो ।

बाख्रा चराउन गएका बेला पहिरो माथिबाट आएको ढुंगाले विकको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 ढुंगा लागेर घाइते भएका उनलाई सुजङ अस्पतालमा सामान्य उपचारपछि धनगढी पठाइएको प्रहरीले बताएको छ । 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update