Sagun Khabar
डोटी जिप दुर्घटनाः नेपालगञ्ज रेफर गरिएकी एक महिलाको मृत्यु

डोटी- डोटी जिल्लामा मङ्गलवार जिप दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ।जिल्लाको दिपायल सिलगढी नगरपालिका –६ सिलगढीदेखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर मङ्गलवार दुर्घटना भएको थियो।

गम्भीर घाइते भएकी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की ६५ वर्षीया धौलीदेवी बिष्ट र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षका विष्णु बोहराको जिल्लामा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको थियो।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update