Sagun Khabar
अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले पुटिनमाथि युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा रुसमा पुर्याइएकोसहित युद्ध अपराधका लागि जिम्मेवार रहेको आरोप लगाएको छ ।

आईसीसीले यो अपराध युक्रेनमा सन् २०२२ को २४ फेब्रुअरीदेखि भएको जनाएको छ । अघिल्लो वर्ष त्यसैबेला रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । रुसले आक्रमणका क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ताले पक्राउ पुर्जी अर्थहीन भएको बताउनुभएको छ । तर आईसीसीले पुटिनले प्रत्यक्ष रूपमा कार्य गरेको विश्वास गर्ने उचित आधार रहेको दाबी गरेको छ । रुसकी बालअधिकार आयुक्त मारिया लभोभा बेलोभालाई पनि आईसीसीले खोजी सूचीमा राखेको बीबीसीले जनाएको छ ।

Atrya hospital

रुस आईसीसीसम्बन्धी सम्झौताको हस्ताक्षरकर्ता नभएकाले पनि पक्राउ पुर्जी अर्थहीन रहेको रुसको प्रतिक्रिया छ । 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update