Sagun Khabar
नेविसंघले गर्यो डोटी प्रशासन घेराउ
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ ।डोटी जिल्लामा रहेको डोटी  बहुमुखी क्याम्पसको मतदान रोकिएपछि प्रशासन घेराउ गरिएको हो । स्विवियु निर्वाचन अन्तर्गत भइरहेको मतदानमा फर्जीमत खसालेको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थीसंगठनहरुले मतपेटिका तोडफोड गरका थिए । 

अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थीसंगठनहरुले मतपेटिका तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत हर्क बहादुर कलेलले बताए । नेपाल विद्यार्थी संघले तत्काल मतदान प्रक्रिया अगाडि बढाउनु पर्ने माग राखेको छ ।

नेविसंघसँग परामर्श नै नगरेर एकलौटी रुपमा निर्वाचन स्थगित गरिएको नेविसंघ नगर सभापति राम कठायतले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update