Sagun Khabar
डोटीको सीताराम बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघ निर्विरोध 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीको एक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघको प्यानल निर्विरोध चयन भएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतको सीताराम बहुमुखी क्याम्पस उच्चाकोटमा नेविसंघको पुरै प्यानलै निर्विरोध निवार्चित भएको हो । अन्य कुनै पनि संगठनको उम्मेदवारी नपरेपछि नेबिसंघका उम्मेदवारलाई निर्वाचन समितीले निर्वाचित भएको घोषणा गरेको हो । 

सो क्याम्पसको सभापतीमा उमेश बलायर, सचिवमा मनिषाकुमारी भट्ट र कोषाध्यक्षमा ललित बहादुर साउँद निर्वाचित भएका छन् । 

उक्त क्याम्पसमा तीन विद्यार्थी संगठन दर्ता भएपनि सभापतिमा नेविसंघ र अनेरास्ववियुले उम्मेदवारी दिएका थिए ।तर दाबी बिरोधमा अनेरास्ववियुका उम्मेदवारको उम्मेदवारी रद्द भएपछि नेबिसंघका उम्मेदवार निर्विरोध निर्वाचित भएका क्याम्पस प्रमुख चेतराज भट्टले बताए । उक्त क्याम्पसमा ५८ मतदाता रहेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update