Sagun Khabar
बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, सभापतिमा धनी भट्ट 

बैतडी –बैतडीको सदरमुकाम गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका धनी भट्ट विजयी भएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जगन्नाथ बहुमुखी क्याम्पसमा १२० मतसहित भट्ट विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका योगेश मौनीले ३६ मत मात्रै प्राप्त गरे । 

यस्तै सचिवमा नेविसंघकै किशोरराज पन्त ११८ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुकी आसा भट्टले ३८ मतमात्रै प्राप्त गरिन् । यस्तै कोषाध्यक्षमा नेविसंघकी ममता भट्ट विजयी भइन् । विजयी ममताले ११० मत ल्याइन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुकी रेखा बोगटीले ४३ मत ल्याइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

सदस्यहरुमा नेविसंघकी गीता बोहरा ११२ मत, ललिता चन्द १०७ मत, विन्दुकुमारी बडु ११४ मत ल्याएर विजयी भएकी छन् । यस्तै अनेरास्ववियुकी संगीता पाण्डेय ४४ मत ल्याएर सदस्यमा विजयी भएकी छन् ।  

समानुपातिक तर्फ नेविसंघले ११६ मत प्राप्त गरेको छ भने अनेरास्ववियुले ४० मत प्राप्त गरेको जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए ।  
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update