Sagun Khabar
बैतडीको डिलाशैनी सरकारलाई तीन दलको संयुक्त ज्ञापन  पत्र, अस्पताल नबनेको प्रति आपत्ती

बैतडी- बैतडीको  डिलाशैनी सरकारलाई तीन ओटा दलले ज्ञापन पत्र बुझाएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १० शैय्या अस्पताल निर्माण कार्य अगाडी नबढेकोमा अपत्ती जनाउदै ज्ञापन पत्र बुझाएका हुन् ।

पुरानो  समझौता अनुसार अस्पताल निर्माण कार्य  अगाडी बढाउन माग गर्दै  ज्ञापन पत्र बुझाएको  नेपाली काँग्रेस डिलाशैनी  गाउँसमिति सभापति जयान्नद जोशीले  जानकारी दिए   २०७८ साल असार २५ गते अस्पताल निर्माणका लागि सम्झौता भएपनि पनि अहिले सम्म निर्माण कार्य अगाडी नबढेको  प्रति तीन ओटै दलले गम्भीर ध्यानाकषर्ण भएको जनाएका छन् ।

अस्पताल निर्माणका लागि गाउँपालिका र मालिका एसटिसि जेवि नाम गरेको निर्माण कम्पनी संग २०७८ साल असार २५ मा सम्झौता भइ अहिले सम्म कुनै  पनि काम अगाडी नबढनुमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छः ज्ञापन पत्रमा भनिएको छ । निर्माण व्यवसयाीले पटकपटक पुरानै समझौता अनुसार काम गर्न साइड उपलब्ध गरिपाउँ भनेको भएपनि बेवास्ता गरिएको बताइएको छ ।

काम अगाडी नबढे  समस्या आउने  समेत तीन ओटै  दलका गाउँकमिटि पदाधिकारीले  ज्ञापन पत्र मार्फत   सरकारलाई चेतावनी दिएको छ । पुरानो  सम्झौता   अनुसार निर्माण व्यवसायी बोलाएर कामकाज अगाडी नबढेमा  आउने सम्भावित समस्याको  जिम्मा स्थानीय सरकारले  लिनु पर्ने  यहि चैत ४ गते जारी ज्ञापन पत्रमा उल्लेख छ ।

९ औटै पालिकामा अहिले १० देखि १५ शैय्याका अस्पताल निर्माण कार्य अलपत्र छन्। डिलाशैनी गउँपालिकाले पनि अहिले  सम्म निर्माण प्रकृया अगाडी बढाएको छैन् । गाउँपालिकाले १० शैय्या अस्पताल निर्माणको  तयारी भइरको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०९:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update