Sagun Khabar
सामाजिक सदभाव कायम राखेर गौरा पर्व मनाउन बैतडी प्रशासनको आग्रह 

बैतडी–जिल्ला प्रशासन कार्यालय बैतडीले सामाजिक सद्भाव कायम राखेर गौरा पर्व मनाउन आग्रह गरेको छ । 

प्रमुख जिल्ला अधिकारी मीना अर्यालले एक शुभकामना सन्देश जारी गर्दै अमूल्य सांस्कृतिक सम्पदाको रुपमा रहेको गौरा पर्व लगायत मौलिक कला, भाषा, संस्कार र परम्पराको संरक्षण र सम्वद्र्धन गर्नु सबैको दायित्व भएको उल्लेख गरेकी छन् । 

गौरा पर्व मौलिक संस्कृति, परम्परा, अस्था र सामाजिक सदभावको पहिचानको रुपमा रहेकाले यसको धार्मिक र सांस्कृतिक जीवनमा बिशेष महत्व रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले उल्लेख गरेकी छन् । 

पर्व मनाउने क्रममा मौलिक परम्पराको संरक्षणका साथै शान्ति–सुरक्षा, अनुशासन र सामाजिक सदभाव कायम राख्नु सबैको कर्तव्य भएको प्रशासनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । 

सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व हिजोदेखि शुरु भइसकेको छ । गौरा मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली भदौ १९ गते परेको छ । 

Gaura-suva-DAO-1788335603.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update