Sagun Khabar
बैतडीः भारतसंग सीमा जोडिएको  झुलाघाट नाकामा स्वास्थ्य परीक्षण जारी

बैतडी - भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा नागरिकको  स्वास्थ्य परीक्षण कार्य जारी रहेको छ । अहिले  पनि भारतबाट स्वदेश फर्कनेको नाकामा परीक्षण भइरहेको हो ।  

अहिले सीमा नाकाबाट दैनिक ५० देखि ६० जना सम्म नागरिक स्वदेश फर्किरहेका र उनिहरुको स्वास्थ्य परीक्षण गरेर  घर पठाइरहेका झुलाघाट हेल्थडेस्कमा कार्यरत  हेल्थ असिस्टेन्ट सुरज धामीले बताए । कोरोनाका साथै  अन्य  रोगहरुको  समेत परीक्षण गर्ने गरिएको उनले  बताए ।

पिथौरागढ सम्म काम गर्नेहरुको  कोरोना मात्रै परीक्षण गर्ने  गरिएको र  त्यो भन्दा बाहिर काम गरेर फर्किनेको एचआइभी र मलेरियाको  समेत परीक्षण भइरहेको उनको  भनाई  छ । दुई महिनामा तिन जनामा कोरोना पुष्टि भएको उनले बताए  । एक जना बैतडीका र दुई  जना जिल्ला बाहिरका गरेर ३ जनामा  कोरोना संक्रमण देखिएको  बताइएको  छ । कोरोना परीक्षण भइरहे पनि आवश्यक स्वास्थ्य किड अभाव रहेको  छ ।

अहिले  नयाँ भेरियन्ट होकि होइन भन्नका लागि यकिन गर्ने  भिटिएम ट्युब नभएको  हेल्थ असिसटेन्ट धामीले  बताए । अभाव भएको कुरा स्वास्थ्यलाई पनि जानकारी गराइसकेको बताइएको  छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update