Sagun Khabar
यथाशीग्र स्ववियु चुनाव गर्न अनेरास्ववियुको माग 

बैतडी- यथाशीग्र स्ववियु चुनाव गर्न अनेरास्ववियुले माग गरेको  छ ।  स्ववियु चुनावको माग गर्दै बैतडी  शिक्षा क्याम्पस शाहीलेकलाई अनेरास्ववियुले आज ज्ञापन पत्र बुझाएको  हो । स्ववियुको  चुनावको  माग गर्दै क्याम्पस प्रमुख हर्क बहादुर  चन्दलाई  ज्ञापन पत्र बुझाइएको  अनेरास्वविु बैतडी शिक्षा क्याम्पस कमिटि अध्यक्ष करन दत्त पन्तले  जानकारी दिए ।

गलत नियतका साथ  चुनाव हार्ने डरले नेविसंघले तालाबन्दी गर्दा  बैतडी शिक्षा क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन यथाशीग्र गराउन क्यामपस समक्ष ज्ञापन पत्र पेश गरिएको  उनले  बताए । अनेरास्ववियुले  निर्वाचन चाहेको भन्दै  चाँडो भन्दा चाँडो निर्वाचन प्रक्रिया सुरु गरी स्ववियु निर्वाचन सम्पन्न गराउन आग्रह गरिएको  छ ।

त्रिभुवन विश्व विद्यालय अन्तरर्गतको  बैतडी शिक्षा क्याम्पसमा चुनाव रोकिएको  छ ।  विद्यार्थी संगठनहरुबीच सहमति नभएकाले स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको थियो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बैतडी शिक्षा क्याम्पसमा १५२ जना विद्यार्थी मतदाता रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update