Sagun Khabar
बैतडीको बाशुदेव माविमा एनआइएमबी सतबाँझको वित्तीय  साक्षरता कार्यक्रम 

बैतडी- बैतडीको सतबाँझमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैँकको शाखाले  विद्यायलमा वित्तीय   साक्षरता कार्यक्रम सम्पन्न गरेको  छ । बैँकको शाखाले शुक्रबार  वित्तीय  साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ स्थित बाशुदेव मावि लिस्किटामा  आज कार्यक्रम सम्पन्न गरिएको नेपाल इन्भेस्टमेन्ट मेघा बैँकका शाखा प्रमुख गोविन्द विष्टले  बताए । विद्यार्थीहरुलाई बैँकिङ सम्बन्धि ज्ञान दिने उदेश्यले एक दिवसिय कार्यक्रम गरिएको उनले  बताए ।

बचत कसरि गर्ने  लगायतका बैंक सम्बन्धि ज्ञान दिइएको  र फर्डहरुबाट बच्नका लागि पनि सचेत गाराइएको शाखा प्रमुख विष्टले बताए । कार्यक्रममा बैंकका कर्मचारी, शिक्षक र प्रविणतहमा अध्यानरत विद्यार्थीहरुको   सहभागिता रहेको थियो ।

चैत्र ६ देखि १२ गतेसम्म ग्लोबल मनी विक २०२३ कार्यक्रम सञ्चालनमा रहेको छ । सोही कार्यक्रम अनुसार बित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको अवसरमा नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले सुर्नया गा.पा २ मा रहेको श्री बाशुदेव मा.वि. का बित्तीय साक्षरता कार्यक्रम गरेको प्रबन्धक बिष्टले बताए ।  उक्त कार्यक्रममा  ६५ जनाको उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update